5 years ago
November 27, 2019
एजेन्सी – कप्तान ह्यारी केनको दुई गोलसँगै इंग्लिस क्लब टोटेनहमले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । टोटेनहमले ग्रीसको ओलम्पियाकोसमाथि ४–२ को पूनरागमन जित निकाल्दै एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो ।
जितसँगै समूह ‘बी’ बाट टोटेनहमले ५ खलेबाट ९ अंक जोड्यो । । रेडस्टार बेलग्रेड ३ अंकसहित तेस्रो तथा ओलक्पियाकोस १ अंक जोडेर पुछारमा छ । अपराजित रहेको बायर्न ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहँदै नकआउट चरणका पुग्न सफल भइसकेको छ ।
टोटेनहम हस्टपर स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा डेल अली र सर्जी औरियरले गोल गरे । ओलम्पियाकोसका युसेफ इएल अरबी र रुवेन सेमेडोले गोल गरे ।
खेलको छैटौं मिनेटमा युसेफको गोलबाट टोटेनहम पछि परेको थियो । १९औं मिनेटमा रुवेनले गोल गर्दा घरेलु टोली २–० ले पछि परेको थियो । पहिलो हाफका इन्ज्युरी समयका डेल अलीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।
दोस्रो हाफमा केन चम्किएपछि टोटेनहमले पूनरागन जित निकाल्न सफल भयो । ५०औं मिनेटमा ह्यारी केनले बराबरी गोल फर्काए । ७३औं मिनेटमा सर्जी औरियरले गोल गरेपछि टोटेनहमले खेलमा ३–२ को अग्रता लिन सफल भयो । ७७औं मिनेटमा कप्तान केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहम ४–२ ले विजयी हुन सफल भयो ।
March 5, 2025
एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]