default_image

5 years ago

November 27, 2019

रियल म्याड्रिड पीएसजीसँग बराबरीमा रोकियो

115 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा तीन मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल म्याड्रिड फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको छ ।

एक समय रियल २-० ले अगाडि रहेपनि खेल २-२ को बराबरीमा सकियो । यसका बाबजुद रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अपराजित पीएसजी यसअघि नै अगाडि बढिसकेको छ ।

रियलका लागि करीम बेन्जेमाले नै दुवै गोल गरेका थिए । उनले खेलको १७ अौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । इस्कोको सुरुवाती प्रहार पोस्टमा लागेर फर्किएपछि बेन्जेमाले रिबाउन्डमा राम्रो फिनिसिङ गरे ‌।

बेन्जेमाले नै रियलको अग्रता दोब्बर पारे । उनले मार्सेलोको क्रसलाई ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै जित तर्फ अग्रसर गराएका थिए । तर, रियलको डिफेन्समा कमजोरी हुँदा पीएसजीले खेलमा फर्कने अवसर पायो ।

थोमस मिउनिएरको क्रसमा रियलका गोलरक्षक थिबाउट कोर्टूवा र डिफेन्डर राफेल भारानबीच तालमेल नमिल्दा किलिएन एमबाप्पेले सहज गोल गरे ‌। त्यसको एक मिनेटपछि नै पाब्लो सराबियाले उत्कृष्ट फिनिस गरे । जुलियन ड्राक्सलरको प्रहार डिफेन्सले ब्लक गरेपनि रिबाउन्डमा सराबियाको प्रहारलाई कोर्टूवाले रोक्ने अवसर नै पाएनन् ।

यस नतिजासँगै दुवै टोली अर्को चरणमा प्रवेश गरेका छन् । ५ खेलमा ४ जित र १ बराबरी खेलेको पीएसजी १३ अंकसहित समूह विजेता बनेको छ ‌। रियल ५ खेलमा ८ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

March 5, 2025

रियलसँग एट्लेटिको पराजित

एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

Success

Thank you for your time.