default_image

5 years ago

November 26, 2019

पिएसजीको सामना गर्दै फेरिएको रियल

124 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएपछि टोलीको यो सिजन कठिन हुने धेरैको अनुमान थियो । त्यति बेला फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदानमा रियलमाथि ३–० को रवाफपूर्ण जित निकाल्दा त्यो अनुमान गलत थिएन ।

तर, दुई महिनापछि फेरि एक पटक यी दुई टोलीबीच भेट्दा रियलको त्यति बेलाको छवि केहि बदलिएको छ । तथापी बलियो पिएसजीविरुद्ध भने सचेन हुनपर्नेछ । पिएसजीसँगको खेलपछि समूह चरणका ३ खेलमा रियल अपराजित छ । २ खेलमा जित र १ खेलमा बराबरी गर्दै ७ अंक जोडेको रियल दोस्रो स्थानमा छ । सबै ४ खेल जितेको पिएसजी १२ अंकसहित शीर्षस्थानमा छ ।

आज राती आफ्नो मैदानमा हुने खेलमा रियल तयार रहेको देखिन्छ । टोलीका फेडे भाल्भेर्डे र रोड्रीगोको लय विपक्षीका लागि खतरा बन्न सक्छ । चेल्सीका लागि निकै प्रभाव जमाएका इडेन हाजार्ड भने रियलमा अझै आफ्नो उत्कृष्ट लयमा फर्कन सकेका छैनन् । लुका मोड्रिच चोटग्रस्त छन् भने कप्तान रामोस प्रतिबन्धमा छन् । यस्ता कारणले रियल केहि केहि कमजोर पक्कै छ ।

त्यसका वावजुद पनि रियल नकआउटको नजिक पुगिसकेको छ । २ र १ अंकका जोडेका क्लब ब्रुग र गालाटासारेबीच पनि आजै खेल हुँदैछ । पिएसजीका लागि केलियन एमबाप्पे र नेयमारले सुरुवात गर्ने निश्चित छ । त्यस्तै रियलका पूर्व गोलकिपर नाभास पिएसजीको प्रमुख भूमिकामा रहनेछन् ।

March 5, 2025

रियलसँग एट्लेटिको पराजित

एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

Success

Thank you for your time.