5 years ago
November 26, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तरर्गत समूह डी को खेलमा मंगलबार इटालियन च्याम्पियन युभेन्टस र एटलेटिको म्याड्रिड भिड्दैछन् । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ ।
युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले इटालियन लिग अन्तर्गत शनिबारको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएका थिए । उनले एटलेटिकोविरुद्ध च्याम्पियन्स लिगको लागि रोनाल्डोलाई शत प्रतिशत तयार राख्नकै लागि यो कदम चालेका हुन् । एटलान्टाविरुद्ध चोट बोकेका मिडफिल्डर फेडेरिको बर्नार्डेस्की यस खेलका लागि उपलब्ध हुने छैनन् । उनको स्थानमा आरोन राम्जीले खेल्ने सम्भावना रहेको छ ।
ब्राजिलियन डिफेन्डर एलेक्स स्यान्ड्रो पनि पछिल्लो खेल गुमाएपछि पुनरागमनको प्रतीक्षामा छन् । जुआन क्वाडराडो भने युरोपेली प्रतियोगिताको प्रतिबन्धपछि खेलका लागि उपलब्ध छन् ।चोटका कारण डिफेन्डर जिओर्जियो किएलीनी, मार्को प्याका र माटिया परिन उपलब्ध छैनन् । मिडफिल्डर एम्रे च्यान पनि टोलीमा रहेका छैनन् ।
यता एटलेटिकोलाई पनि चोटका कारण डिफेन्समा निकै समस्या परेको छ । सेन्टर डिफेन्डर जोसे जिमिनेज, स्टेफान साभिच र सिमे भर्साल्को घाइते छन् । फरवार्ड डिएगो कोस्टा पनि चोटका कारण बाहिर छन् । मिडफिल्डर थोमस पार्टे र सौल निगुएज लिगको पछिल्लो खेल गुमाएपछि मैदान फर्कंदैछन् । जोआओ फेलिक्स पनि चोटबाट पुनरागमन गरेपछि युभेन्ट्सविरुद्ध पहिलो रोजाईमा खेल्न संघर्षरत छन् । यस खेललाई रोनाल्डो र फेलिक्सको लडाईंको रुपमा पनि हेरिएको छ ।
युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्षस्थानमा १० अंक जोडेको इटालियन टोली एटलेटिकोभन्दा ३ अंकले अगाडि छ । युभेन्ट्सले यस सिजन घरेलु मैदानमा खेलेको सबै ८ खेलमा जित दर्ता गरेको छ । एटलेटिकोले भने घरबाहिर खेलेका पछिल्ला ५ खेलमा ४ खेल बराबरी गरेको छ । म्याड्रिड टोलीले पछिल्लो ५ खेलमा नै गोल खाएको छ ।
यी दुई टोलीबीचको पछिल्लो भेट २-२ को बराबरीमा सकिएको थियो । उक्त खेलमा युभेन्टसले अवे मैदानमा २-० को अग्रता लिएपनि जोगाउन सकेको थिएन ।
सम्भावित सुरुवाती ११ :
युभेन्टस (४-३-१-२)
वोजचिएक सेचेज्नी
जुआन क्वाडराडो – लिओनार्डो बोनुची – माथिस डे लिग्ट – एलेक्स स्यान्ड्रो
ब्लेस माटूइडी – मिरालेम प्यानिच – सामी खेडिरा
आरोन राम्जी
गोन्जालो हिगुआइन – क्रिस्टियानो रोनाल्डो
एटलेटिको म्याड्रिड (४-४-२)
यान ओब्लाक
सान्टियागो अरियास – मारियो हेर्मोसो – फेलिपे – रेनान लोडी
कोके – थोमस पार्टे – सौल निगुएज – लेमार
जोआओ फेलिक्स – अल्भारो मोराटा
March 5, 2025
एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]