default_image

5 years ago

November 25, 2019

बेलविरुद्ध समर्थकबाटै नाराबाजी !

129 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार राति रियल म्याड्रिडले रियल सोसिडाडमाथि ३–१ को सहज जित आत्मसात गर्‍यो । रियलका लागि करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल फर्काएका थिए ।

प्रशिक्षक जिनेदिन जिदानले वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई वैकल्पिक खेलाडीको रुपमा मैदानमा उतारेका थिए । वेल ६७औं मिनेटमा ब्राजिली युवा स्टार रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका थिए । तर, वेलले खेलमा आफ्नै समर्थकको चर्काे नारावाजी सहनुपर्‍यो । चोटका कारण ५ अक्टोबरपछि पहिलोपटक रियलका लागि खेल्दै गरेका वेलविरुद्ध आफ्नै समर्थकले बेलको खुट्टामा बल पर्ने बित्तिकै चर्काे नारावाजी गरेका थिए ।

युरोकप २०२० को छनोटको अन्तिम खेलमा हंगेरीविरुद्ध २–० को जित निकाल्दै युरोकपमा छनोट भएपछि ‘वेल्स, गल्फ, म्याड्रिड, इन द्याट अर्डर’ लेखिएको ब्यानरसँगै देखिएका थिए । यसबाटै आक्रोशीत बनेका रियलका समर्थकहरुले बेलले हरेकपटक बल छुदा चर्काे नारावाजी खेप्नुपरेको थियो ।

पछिल्लो समय बेलको क्लब र प्रशिक्षक जिदानसँग राम्रो सम्बन्ध रहेको छैन । ‘हामी समर्थक हामीसँगै चाहन्छौं । यसलाई नियन्त्रण गर्न सक्दैनौं । म सबै खेलाडीको प्रशंसा गर्न चहान्छु । म जितसँग खुशी छु, र बेलले आज राम्रो खेल पस्कियो ।’ प्रशिक्षक जिदानले भने ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.