5 years ago
November 24, 2019
एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सहज जित निकालेको छ । रियालले रियल सोसिडाडमाथि ३–१ को सहज जित निकालेको हो ।
घरेलु मैदान सान्टियोगो बर्नबेउमा शनिबार राति भएको खेलमा रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै विलियन जोसेको गोलबाट रियल खेलमा पछि परेको थियो । ३७औं मिनेटमा करिम बेन्जेमाले मोड्रिचको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफका सुरुमै फेडेरिको भालभेर्डेले गोल गरेपछि रियालले खेलमा २–१ को अग्रता दिलायो । ७४औं मिनेटमा लुका मोड्रिचले करिम बेन्जेमाको पासमा गोल गर्दै रियाललाई ३–१ को सहज जित दिलाए ।
जितसँगै रियालले शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । रियालको १३ खेलबाट २८ अंक रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित सोसिडाड १४ खेलबाट २३ अंक जोडेर अंक जोडेर पाँचौ स्थानमा छ ।
अर्काे खेलमा एट्लेटिको मड्रिडले ग्रानडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको १४ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा छ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]