default_image

5 years ago

November 24, 2019

सिटीसँग चेल्सीको हार

77 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु टोली सिटीले चेल्सीमाथि २–१ को जित निकालेको हो ।

 

सिटीको जितमा केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एङ्गोलो कान्टेले गोल गरे । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

इतिहाद् स्टेडियममा शनिबार राति भएको खेलमा शुरुवाती अग्रता चेल्सीले लिएका थियो । २१औं मिनेटमा कान्टेले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, चेल्सीको त्यो अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डि ब्रुयनले बराबरी गोल फर्काए ।

३७औं मिनेटमा रियाद महारेजले गोल गर्दै घरेलु टोली सिटीलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा पनि दुवै टोलीले पाएको केही अवसर खेर फाल्दा सिटी खेलमा २–१ ले विजयी रहन सफल भयो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रहिम स्ट्रलिङले गोल गरेपनि भिएआरको सहायताले गोलले मान्यता पाएन ।

जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १३ खेलबाट २८ अंक रहेको छ । पराजित चेल्सी चौथो स्थानमा झरेको छ । चेल्सीको १३ खेलबाट २६ अंक छ । शीर्षस्थानको लिभरपुलको ३७ अंक छ । लेस्टर सिटी २९ अंकसहित दोस्रो स्थानमा छ ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.