default_image

5 years ago

November 24, 2019

माने र फिर्मिनोको गोलमा लिभरपुल अझै अपराजित

110 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड रोबर्टाे फिर्मिनोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् ।

बराबरीतर्फ उन्मुख खेलमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ को कठिन जित निकाल्दै अपराजित यात्रालाई लम्ब्याएको हो । लिभरपुलका साडियो मानेले गोल गरे । घरेलु टोलीका विलफ्रेड जाहाले गोल गरेका थिए ।

प्रिमियर लिगको १३औं चरण सकिदा लिभरपुलले १२ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ ।  जितसँगै लिभरपुलले शीर्षस्थानलाई थप मजवुत बनाएको छ । लिभरपुलको १३ खेलबाट ३७ अंक छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ८ अंकले बढी हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलाई अग्रता दिलाए । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए । ८२औं मिनेटमा वेलफ्रेड जाहाले बराबरी गोल फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै फिर्मिनोले गोल गर्दै लिभरपुलाई २–१ को जित दिलाए ।

अन्य नतिजा

बर्नमाउथविरुद्ध वल्भ्स (१–)

आर्सनलविरुद्ध साउथह्याम्पन (२–२)

ब्राइटनविरुद्ध लेस्टर सिटी (०–)

एभर्टनविरुद्ध नर्विच सिटी (०–)

वाटफोर्डविरुद्ध बर्नली (०–)

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.