5 years ago
November 23, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइनको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पूनरागमन जित निकालेको छ । युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली एटलान्टामाथि ३–१ को पूनरागमन जित निकालेको हो ।
अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले एक गोल थपे । घरेलु टोलीका रोविन गोसेन्सले गरेको गोल सान्त्वना गोल बन्यो । खेलको १८औं मिनेटमा घरेलु टोली एटलान्टाले पेनाल्टीको मौका खेर फाल्दा युभेन्टसविरुद्ध अग्रता लिनबाट चुक्यो । ५६औं मिनेटमा गोसेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
७४औं मिनेटमा हिगुआइनले बराबरी गोल फर्काए । उनले मिरालेम प्यानिचको पासलाई सदुपयोग गरे । ८२औं मिनेटमा हिगुआइनले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले खेलमा २–१ को अग्रता लिन सफल भयो । उक्त गोलका लागि जान क्वाडराडोले असिस्ट प्रदान गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई ३–१ को जित दिलाए । उनलाई उक्त गोलमा हिगुआइनले नै पास दिएका थिए ।
चोटका कारण देखाउँदै प्रशिक्षक माउरिजियो सार्रीले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई टोलीमा नै समेटेका थिएनन् । जितसँगै अपराजित रहेको युभेन्टस १३ खेलबाट ३५ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । पराजित एटलान्टा २२ अंकसहित छैटौ स्थानमा छ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]