5 years ago
November 23, 2019
एजेन्सी – रेलिगेसनका क्षेत्रको पुछारमा रहेको लेगानेसविरुद्ध शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ ।
बार्सिलोनाले लेगानेसको मैदानमा २–१ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस सुआरेज र आर्टुरो भिडालले गोल गरे । लेगानेसका युसुफ इन नेस्यरीले गरेको गोल सान्तवनामै सिमित बन्यो ।
खेलको १२औं मिनेटमा घरेलु टोली लेगानेसले युसुफ इन नेस्यरीको गोलबाट बार्सिलोनाविरुछ अप्रत्याशीत अग्रता लिएको थियो । तर, लेगानेसले त्यो अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।
५३औं मिनेटमा लुइस सुआरेजले बराबरी गोल फर्काएपछि बार्सिलोना खेलमा फर्किएको थियो । आर्टुरो भिडालले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी रहन सफल भयो ।
जितसँगै बार्सिलोनाले १३ खेलबाट २८ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । लेगानेस ६ अंकसहित २०औं स्थानमा छ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]