default_image

5 years ago

November 23, 2019

माउरिन्हो प्रशिक्षणमा टोटेनहमलाई सफलता

92 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज जोजे माउरिन्होको प्रशिक्षणमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा सफलता हात पारेका छन् । माउरिन्होले आफ्नो पहिलो प्रशिक्षणमा खेलमा नै टोटेनहमले वेस्टह्याममाथि ३–२ को जित निकालेको हो ।

माउरिन्हो गत बुधबार मात्रै टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।टोटेनहमको जितमा ह्युङ मिन सन, लुकास मोउरा र कप्तन ह्यारी केने गोल गरे । वेस्टह्यामका मिचेल एन्टेनियोले गोल गरे ।

३६औं मिनेटमा सनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ४३औं मिनेटमा लुकास माउराले गाल गरेपछि टोटेनहम पहिलो हाफमा २–० ले अघि बढ्यो । ४९औं मिनेटमा कप्तान केनले गोल गरेपछि टोटेनहम सहज जितर्फ अग्रसर बन्यो ।

७४औं मिनेटमा एन्टेनियोले गोल गर्दै घरेलु टोली वेस्ट ह्यामलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ८९औं मिनेटमा घरेलु टोलीका लागि डिक्लेन राइसले गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा एंगेलो ओग्वनाले गोल गरेपनि टोलीको हार टार्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–२ ले विजय रहन सफल भयो ।

जितसँगै टोटेनहम १३ खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम ११ अंकसहित १७औं स्थानमा छ ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.