5 years ago
November 23, 2019
एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान मार्काे रिउसले गोल गरेपछि बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा पादेरवर्नसँगको सम्भावित हारबाट जोगिएको छ ।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा डर्टमन्डले तीन गोलले पछि परेको स्थितिमा तीन गोल गर्दै ३–३ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको हो । पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले एक गोल गरे । डर्टमन्डका जाडोन सान्चो, एक्सेल विस्टेल र कप्तान मार्काे रिउसले गोल गरे ।
खेलको पाँचौ मिनेटमा स्ट्रेलीले गोल गर्दै पादेरवर्नलाई अग्रता दिलाए । ३७औं मिनेटमा स्ट्रेलीले व्यक्तिगत दोस्रो गोल गरे । ४३औं मिनेटमा जेरिट हल्टम्यानले गोल गरेपछि डर्टमन्ड घरेलु मैदानमा ३–० ले पछि परेको थियो ।
दोस्रो हाफमा डर्टमन्डले उत्कृष्ट पूनरागमन गर्दै तीन गोल गर्न सफल भयो । ४७औं मिनेटमा जाडोन सान्चोले अचराफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने संकेत देखाए ।
८४औं मिनेटमा एक्सेल विस्टेलले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । हारतर्फ उन्मुख डर्टमन्डका लागि कप्तान रिउसले जाडोन सान्चोको पासमा गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै डर्टमन्ट १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पादेरवर्न ५ अंकसहित रेलिगेसन जोनको पुछारमा छ । बोरुसिया मोन्चेनग्लाडवाच ११ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]