5 years ago
November 23, 2019
एजेन्सी – स्टार फरवार्ड नेयमारले पूनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । शुक्रबार राति भएको अदेमा पीएसजीले लिलमाथि २–० को सहज जित निकालेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जिताउन माउरो इकार्डी र एन्जड डि मारियाले गोल गरे । पहिलो हाफमा नै दुवै गोल सम्भव भएको थियो ।
खेलको १७औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरे । इकार्डीको यो फ्रेन्च लिग वानमा सात (पछिल्ला १०) खेलमा छैटौं गोल हो । उनले पछिल्लो समय उच्च प्रदर्शन गरिरहेका छन् ।
३१औं मिनेटमा एन्जल डि मारियाले ड्राक्सलरको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि पीएसजीले लिललाई दवावमा राखेको थियो । तर, गोल भने गर्न नसक्दा पहिलो हाफको दुइ गोल नै पीएसजीको जितमा पर्याप्त बन्यो ।
यही खेलबाट नेयमारले खेलमा पूनरागमन गरे । ह्यामस्ट्रिङका कारण नेयमार अक्टोवर ५ देखि टोली बाहिर रहँदै आएका थिए । उनले लिलविरुद्धको खेलमा ६४ मिनेट मैदान बिताएका थिए । उनलाई अर्का फरवार्ड केलियन एमबाप्पेले विस्थापन गरेका थिए ।
जितसँगै पीएसजीले १४ खेलबाट ३३ अंक जोडेर शीर्षस्थानलाई थप मजवुत बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई ११ अंकले पछि पारेको छ । लिल १९ अंकसहित सातौ स्थानमा छ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]