5 years ago
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष फुटबलमा नेपाल तुलनात्मक रुपमा सहज समूह ‘ए’ मा परेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गरेको खेल तालिका र टाइसिट ‘ड्र’ अनुसार आयोजक नेपाल तुलनात्मक रुपमा सहज बंगलादेश र भुटान रहेको समूह ‘ए’ मा परेको हो । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । नेपालले १ डिसेम्वरमा बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । डिसेम्बर ५ मा नेपालले भुटानसँग खेल्नेछ ।
हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल डिसेम्बर १० मा हुनेछ । सबै खेलहरु त्रिपुरेरश्वरस्थित दरशरथ रंगशालामा हुनेछ । नेपाल सागको पुरुष फुटबलमा डिफेन्डिङ च्याम्पियन हो । १२औं सागमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।
नेपाली टोली लामो समयदेखि बालगोपाल महर्जनको प्रशिक्षकत्वमा रहेर प्रशिक्षण गरिरहेको छ । पछिल्लो साता अनुशासनको कारवाहीमा परेपछि स्टार फरवार्ड विमल घर्तीमगरसहित अन्जन विष्ट र दिनेश राजवंशी भने टोलीमा रहनुका बाबजुद सागमा सहभागी हुने-नहुने अन्यौल पैदा भएको छ ।
नेपाली टोली :
गोलरक्षक : विकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, छिरिङ गुरुङ
मिडफिल्डर : सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ, मिक्छेन तामाङ
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट
यो पनि : विमल, अन्जन र दिनेशको साग भविष्य अन्यौलमा !
यो पनि : सागको फुटबल टोली घोषणा : रोहित, नवयुग र किरण परेनन्
यो पनि : साग : महिला फुटबलमा चार राष्ट्रमात्र खेल्ने
दशरथ रंगशालाको ताजा अवस्था :
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]