default_image

9 years ago

June 19, 2016

बालगोपालको ब्रदर्श युनियन पराजित

110 views

0 Bookmark

ढाका (एजेन्सी)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको बंगलादेशी क्लब ब्रदर्श युनियनको यात्रा वाल्टन फेडेरेसन कपको क्वार्टरफाइनलमा रोकिएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा अवानी लिमिटेडसँग २–१ ले पराजित भएपछि अन्तिम आठबाट बाहिरिएको थियो । बंगबन्धु त्यहि रंगशाला हो जहाँ महर्जनको प्रशिक्षणमा नेपाली टोलीले छ महिना अघि बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता उपाधि जितेको थियो ।

Balgopal Maharjan (2)

राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकका रुपमा महर्जनको त्यो पहिलो प्रतियोगिता थियो । महर्जनको टोलीले आइतबार ३६ औं मिनेटमा अग्रता जोगाउन सकेन । वाल्सनले पहिलो गोल गरेका थिए । जेवेल रानाले् ६९ औं मिनेटमा बराबरी गोल गरे भने सन्डे चिजोबाले खेल सकिनु १० मिनेट अघि निर्णायक गोल गरे । समूह चरणमा लगातार दुई खेल जित्दै महर्जनको टोली अघि बढेको थियो । शेख जमाल धनमुन्डी क्लबलाई २–१ ले हराउनु अघि उनको टोलीले उत्तर बरिधारालाई १–० ले पराजित गरेको थियो । हालै ए कोचिङ कोर्स उर्तिर्ण गरेका महर्जन दुई साताअघि ब्रदर्श युनियनको जिम्मेवारी सम्हाल्न गएका थिए ।

अर्को महिना सुरु हुने बंगलादेशको प्रिमियर लिगमा उच्च प्रदर्शन गर्ने अपेक्षासहित आफु क्लबमा आबद्ध भएको महर्जनले बंगलादेश जानुअघि बताएका थिए । महर्जनले मासिक १ हजार ५ सय अमेरिकी डलर पाउँछन् ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.