5 years ago
November 23, 2019
एजेन्सी – रियल म्याड्रिडलाई महत्वपूर्ण सफलता दिलाउनमा भूमिका खेलेका वेल्सका स्टार गेराथ बेल स्पेनमा खासै प्रिय बन्न सकेनन् । कहिले चोट र कहिले प्रशिक्षक जिनेदिन जिदानसँगको खटपटका कारण उनी आलोचित पनि बन्दै आएका छन् । पछिल्लो पटक युरो कपका लागि वेल्स छनोट भएपछि उनको हर्कतले क्लबका समर्थकलाई निराश बनाएको थियो ।
वेल्सका समर्थकले ल्याएको वेल्स, गल्फ, म्याड्रिड लेखेको ब्यानर समातेर तस्बिर खिचेर उनी पुनः विवादमा परेका छन् । त्यसका वावजुद अन्तर्राष्ट्रिय विश्राम पछि उनी रियलको प्रशिक्षणमा फर्केका छन् । महिना दिन भन्दा लामो समयपछि रियलका अन्य सहकर्मीसँग उनले अभ्यास गरेका छन् । पछिल्लो पटक उनले अक्टोबर १४ मा टोलीसँग अभ्यास गरेका थिए ।
वेल्ससँग हुँदाको घटना पछि पनि उनी शनिबार ला लिगामा रियल सोसिडाडसँग हुने खेलका लागि टोलीमा छन् । यद्दपी उनी पहिलो रोजाईमा पर्ने खेल्न पाउने नपाउने निश्चित भईसकेको छैन । कम्तीमा उनी उपलब्ध रहने भन्ने पक्का भइसकेको छ । टोलीको प्रशिक्षणमा बिहीबार फर्कनेमा बेल मात्र छैनन् ।
उनीसँगै कप्तान सिर्जियो रामोस, इडन हाजार्ड, थिबाउट कोर्टियोस, टोनी क्रुस, इडर मिलिटाओ र रोड्रीगो गोएस पनि प्रशिक्षणमा सामेल भएका छन् । लुकास भाज्केज भने बायाँ खुट्टामा चोटका कारण मैदान बाहिर नै छन् । नाचो फर्नान्डेज मैदानमा फिट हुनका लागि प्रयास गरिरहेका छन् । त्यस्तै मार्सेलो र हामेस रोड्रिग्वेज जिममा अभ्यास गर्न थालेका छन् ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]