default_image

5 years ago

November 22, 2019

पीएजसी कहिल्यै नजाने हाजार्डको दावी

122 views

0 Bookmark

एजेन्सी – बेल्जियमका कप्तान तथा रियल म्याड्रिडका विंगर इडेन हाजार्डले आफू कहिल्यै पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नजाने दावी गरेका छन् ।

फ्रान्सेली पत्रिका एल’एकिपेसँग अन्तर्वार्ताका क्रममा हाजार्डले आफूलाई पीएसजीले यसअघि नै अनुबन्धनका लागि प्रस्ताव गरेपनि आफूले नकारेको बताए । हाजार्डले सन् २०१२ मा लिल छाडेर प्रिमियर लिग क्लब चेल्सीसँग हस्ताक्षर गरेका थिए । उनले त्यसबेला नै आफूले फ्रान्सेली लिगमा लिलबाहेक अन्य क्लबका लागि नखेल्ने बताएका थिए । गत सिजन उनले चेल्सी छाड्ने हल्ला चलेपछि पीएसजीले उनलाई भित्र्याउने प्रयास गरेको थियो ।

हाजार्डले आफू कुनै हालतमा पनि पीएसजीबाट नखेल्ने बताएका छन् । ‘हुन्, त्यो कहिले पनि हुन्न । पीएसजीले मलाई पटक पटक प्रस्ताव गरेपनि मैले स्वीकार गरेको छैन । म फ्रान्सेली लिगमा लिलबाहेक अन्य क्लबबाट खेल्ने पक्षमा छैन । मैले नकार्नुको मतलब कहिल्यै पनि आउँदिन भन्नु नै हो,’ उनले थपे ।

चेल्सी छाडेर रियल म्याड्रिड पुगेका हाजार्डले स्पेनमा राम्रो सुरुवात पाउन सकेका छैनन् । २८ वर्षीय उनले सुरुवाती ८ खेलमा मात्र १ गोल गरेका छन् । उनलाई क्लबका समर्थकले रियल आएपछि अस्वभाविक रुपमा वजन बढेको कारण पनि आलोचना गरेका छन् ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.