default_image

5 years ago

November 22, 2019

कोस्टा तीन महिना मैदान बाहिर

79 views

0 Bookmark

एजेन्सी – स्पेनको राष्ट्रिय टोली तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार फरवार्ड डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको क्लबले विज्ञप्ति जारी गरेको छ ।

शल्यक्रियाका कारण कोस्टाले यो अवधिमा दुई महत्वपुर्ण खेल गुमाउने भएका छन् । उनले च्याम्पियन्स लिगको युभेन्टस र ला लिगामा बार्सिलोनाविरुद्धको महत्त्वपूर्ण खेल गुमाउनेछन् । फेब्रुअरीसम्म फिट भए उनी शहरी प्रतिद्वन्द्वी  रियल म्याड्रिडविरुद्धको खेलमा फर्कन सक्नेछन् । कोस्टा सन् २०१७ मा इंग्लिस क्लब चेल्सीबाट एट्लेटिको फर्किएका थिए ।

कोस्टा टिममा नरहने भएपनि क्लबका अध्यक्ष इनरिके सेरेजोले विन्टर ट्रान्सफरमा खेलाडी अनुबन्ध नगर्ने बताएका छन् । ‘हामीसँग तीन फरवार्ड अझै छन् । कीर्तिमानी युवा खेलाडी जोओ फेलिक्स र अल्भेरो मोराटा हामीसँग छन् । हामीले नयाँ फरवार्ड राख्ने कुनै योजना बनाएका छैनौं ।’ क्लबका अध्यक्ष इनरिकेले भने ।

एट्लेटिको शनिबार ग्रानडासँग खेल्दैछ । एट्लेटिको ला लिगामा तेस्रो स्थानमा रहेको छ । एन्टोइन ग्रिज्मनको प्रस्थानपछि जोआओ फेलिक्सलाई कीर्तिमानी रकममा अनुबन्ध गरेको एटलेटिकोले अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.