default_image

5 years ago

November 20, 2019

माउरिन्हो टोटेनहमको नयाँ प्रशिक्षक

107 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग टोली टोटेनहमले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोर्चुगिज प्रशिक्षकले टोटेनहमसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । मंगलबार राती टोटेनहमले मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ ।

माउरिन्होले सम्हाल्न लागेको प्रिमियतर गिको यो तेस्रो क्लब हो । दुई पटक सम्म चेल्सीको बागडोर सम्हालेका माउरिन्होले प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर युनाइटेडलाई साढे २ वर्ष सम्हालेको थिए ।

‘फुटबलका एक सफलत प्रशिक्षकलाई हामी सम्झौता गर्न सफल भएका छौं । टोटेनहमका अध्यक्ष डानिल लेभीले भने,‘ उनीसँग भरपुर अनुभव छ । उनले टोलीलाई प्रमावित पार्न सक्नछेन् । उनले जति पनि क्लबमा प्रशिक्षण दिएका छन्, सबैलाई सफलता दिलाएका छन् । उनको आगमनले टोलीको उर्जा आउने र ड्रेसिङ रुमको वातारण राम्रो हुनेछ ।’

अघिल्लो सिजन टोटेनह्यामलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका पोचेटिनोको ५ वर्षे नेतृत्वमा टोलीले २ सय ९३ खेल खेलेको थियो ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.