5 years ago
November 20, 2019
एजेन्सी – युरोकपमा छनोट हुन जित निकाल्नु पर्ने निर्णायक खेलमा जित सहज जित निकालेपछि वेल्सले युरोकपमा स्थान बनाएको छ । वेल्सले निर्णायक खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै समूहमा दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो ।
समूह ‘ईं’ मा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहन सफल भयो । यो समूहबाट क्रोएसियाले १७ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट हुन सफल भयो ।
कार्डिफमा मंगलबार राति भएको वेल्सलाई जिताउन दुवै गोल आरोन राम्सीले गोल गरे । उनले पहिलो र दोस्रो हाफमा गोल गरे । खेलको १५औं मिनेटमा राम्सीले ग्यारेथ वेलको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा राम्सीले किफेर मोरेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।
हारसँगै हंगेरीको भने छनोटको सम्भावना सकिएको छ । वेल्समाथि जित निकाल्न सफल भएको भए हंगेरी युरोकपलाई छनोट हुने थियो । हंगेरीले ८ खेलबाट १२ अंक जोड्यो ।
यही समूहको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० ले पराजित गरेको छ ।
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]
March 4, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]