5 years ago
November 19, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार आबुधावीमा भएको खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ३-० को सहज जित दर्ता गरेको छ ।
खेलको नवौं मिनेटमा ब्राजिलले लुकास पाकेटाको गोलमा अग्रता लिएको थियो । उनले रेनान लोडीको क्रसलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको ३६ औं मिनेटमा ब्राजिलले अग्रता दोब्बर पार्यो । बायर्न म्युनिखबाट खेलिरहेका मिडफिल्डर फिलिपे कोउटिन्होले फ्रिकिकमा दर्शनीय गोल गरेका थिए ।
दोस्रो हाफको ६० औं मिनेटमा युभेन्टसका डिफेन्डर ड्यानीलोले गोल गर्दै ब्राजिलको जित सुनिश्चित पारे । उनले लोडीको क्रसमा गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक जोले बचाउन सकेनन् । यस जितसँगै केहि दवावमा रहेका प्रशिक्षक टिटेलाई सहज भएको छ । गत जुलाईमा कोपा अमेरिका जितेपछि ब्राजिल पछिल्ला ५ खेलमा जितविहिन रहेको थियो ।
अब ब्राजिलले मार्च महिनामा हुने विश्वकप छनोटका खेलअघि अन्तर्राष्ट्रिय खेल खेल्ने छैन । दक्षिण कोरिया भने हाल चलिरहेका एसियाली क्षेत्रको विश्वकप छनोटमा अपराजित रहेको छ । समूहको शीर्षस्थानमा रहेको कोरिया अर्को चरण पुग्ने लगभग पक्का जस्तै छ ।
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]
March 4, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]