default_image

5 years ago

November 19, 2019

भुटानको मैदानमा कुवेतसँग नेपाल पराजित

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु रंगशाला तयार नहुँदा भुटानमा खेलिएको विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको छ ।

खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम गरेको थियो । नेपालले बिरलै मात्र कुवेती हाफमा बल खेलाउन सक्यो । १५ औं मिनेटमा रवी पासवानले दिएको क्रसले पेनाल्टी क्षेत्रभित्र रहेका एकमात्र खेलाडी अभिषेक रिजाललाई भेट्न सकेन । खेलको २३ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्र सुजल श्रेष्ठको लो क्रसमा अभिषेक रिजालको प्रहार ६ यार्ड बक्सनजिकबाट आकाशिएको थियो ।

खेलको २८ औं मिनेटमा कुवेतले अग्रता लियो । कप्तान बदर अल मुतावाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई बिट गर्दै मध्यभागको बाहिरसम्म बल ल्याउँदै गरेको गोलरक्षक किरणले डाइभ दिएपनि बचाउन सकेनन् । खेलको ४१ औं मिनेटमा नेपालले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । तेज तामाङको कर्नरमा विक्रम लामाले दिएको पासमा रोहित चन्दको प्रहार कुवेती गोलरक्षकले डाइभ दिंदै उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमा तेजको प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलमा पछि नै रहेको थियो ।

दोस्रो हाफमा नेपालले केहि सुधारिएको प्रदर्शन गर्यो । बल पोसेसनमा केहि सुदृढ देखिएको नेपाली टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन भने सकेन । कुवेतले पनि केहि सटिक अवसर सिर्जना गर्दा गोलरक्षक किरण व्यस्त रहे । खेलको अन्तिम ५ मिनेट प्रशिक्षक योहान कालिनले आक्रामक रणनीति अबलम्बन गर्दै नवयुग श्रेष्ठ र सुवास गुरुङलाई मैदान प्रवेश गराएपनि गोल गर्न भने सकेन ।

नेपालले घरेलु मैदान तयार नहुँदा विश्वकप छनोटको खेल भुटानमा खेल्नुपरेको हो । नेपालले हालसम्म ५ खेलमा १ जित र ४ हार बेहोरेको छ । नेपालले छनोटमा ३ अंक जोडेको छ र पुछारबाट दोस्रो स्थानमा छ । यस जितसंगै ५ खेलमा १० अंक जोडेको कुवेत दोस्रो स्थानमा कायम छ । शीर्षस्थानकोअष्ट्रेलियाको ४ खेलमा १२ अंक छ भने जोर्डनले ४ खेलमा ७ अंक जोडेको छ । पुछारको ताइपेइ अंकविहिन छ ।

यसपटक टोलीमा ४ महत्त्वपूर्ण खेलाडी साथमा थिएनन् । उनीहरु टोली प्रस्थान गर्ने अघिल्लो रात क्लबमा भेटिएको कारण अनुशासन कारवाहीस्वरुप निलम्बनमा परेका हुन् ।

यो पनि पढ्नुहोस् : सायद त्यो क्षणले उनीहरुलाई खेल जीवन भर पोलिरहेछ !

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.