default_image

5 years ago

November 19, 2019

कुवेतविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत पाँचौ खेलमा कुवेतको सामना गर्दैछ । भुटानको चाङलिमिथाङ रंगशालामा खेल २:४५ बजे सुरु हुनेछ ।

खेलका लागि प्रशिक्षक योहान कालिनले सुरुवाती ११ छनोट गरेका छन् । टोलीको गोलरक्षण किरण चेम्जोङले सम्हालेका छन् ‌। डिफेन्समा अन्नत तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र रञ्जित धिमाल रहेका छन् । रोहित चन्द र विक्रम लामासँगै तेज तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् । विङ्समा सुजल श्रेष्ठ र रवी पासवान तथा एकल फरर्वाडमा अभिषेक रिजाल खेल्नेछन् ।

नेपालले घरेलु मैदान तयार नहुँदा विश्वकप छनोटको खेल भुटानमा खेल्नुपरेको हो । नेपालले हालसम्म ४ खेलमा १ जित र ३ हार बेहोरेको छ । यसपटक टोलीमा टोलीका ४ महत्त्वपूर्ण खेलाडी साथमा छैनन् । उनीहरु टोली प्रस्थान गर्ने अघिल्लो रात क्लबमा भेटिएको कारण अनुशासन कारवाहीस्वरुप निलम्बनमा परेका हुन् ।

यो पनि पढ्नुहोस् :

सायद त्यो क्षणले उनीहरुलाई खेल जीवन भर पोलिरहेछ !

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.