5 years ago
November 19, 2019
एजेन्सी – स्वीट्जरल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा जिब्राल्टारमाथि शानदार जित निकाल्दा डेनमार्कले युरोकपमा स्थन बनाएको छ । सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डले घरेलु टोलीमाथि ६–१ को शानदार जित निकालेको हो ।
स्वीट्जरल्यान्डको आधा दर्जन गोलमा सेडरिक इटेनले दुई तथा रुवेन भर्गास, क्रिस्टियन, लोरिस बेनिटो र ग्रानिट जाँहाले गोल गरे । रिस स्टेचिले एक गोल फर्काए । खेलको १०औं मिनेटमा सेडरिकको गोलबाट स्वीट्जरल्यान्ड खेलमा अघि बढेको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको स्वीट्जरल्यान्डले थप ५ गोल गर्दा एक गोल खान पुगेको थियो । ५०औं मिनेटमा रुवेनले अग्रता दोब्बर पारे ।
५७औं मिनेटमा क्रिस्टियनले गोल गरेपछि स्वीट्जरल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो । ७४औं मिनेटमा रिसले एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा ल्याए । लगत्तै ७५औं मिनेटमा लोरिसले गोल गरेपछि स्वीट्जरल्यान्ड खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्वीट्जरल्यान्डले ६–१ को शानदार जित दिलाए ।
जितसँगै स्वीट्जरल्यान्ड समूह ‘डी’ मा ८ खेलबाट १७ अंक जोड्दै शीर्षस्थानमा रहेको युरोकपमा छनोट हुन सफल भयो ।
यही समूहको अर्काे खेलमा डेनमार्क र आयरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै डेनमार्कले युरोकपमा छनोट हुन सफल भएको छ । बराबरीमा रोकिएसँगै आयरल्यान्डको प्ले अफबाट छनोट हुने सम्भावना छ । डेनमार्कको ८ खेलबाट १६ अंक छ । आयारल्यान्ड १६ अंकसहित तेस्रो स्थानमा रह्यो ।
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]
March 4, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]