default_image

5 years ago

November 19, 2019

अन्तिम खेलमा स्पेनको प्रभावशाली जित

83 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा स्पेनले शत प्रतिशत जित निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । समूह ‘एफ’ अन्तरगत सोमबार राति भएको छनोटको अन्तिम खेलमा रोमानियामाथि ५–० को जित निकाल्दै स्पेनले सुखद अन्त्य गरेको हो ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेरार्ड मोरेनोले २ तथा फावियान र मिकेल ओयारजावालले समान १ गोल गरे । एक गोल उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा फावियनको गोलबाट स्पेन खेलमा अघि बढेको थियो । ३३औं मिनेटमा जेरार्ड मोरेनोले गोल गरेपछि स्पेन खेलमा २–० ले अघि बढ्यो । ४३औं मिनेटमा मोरेनोले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले खेलमा ३–० को अग्रता बनायो ।

पहिलो हाफको इन्ज्युरी समयमा एड्रियन रसले गोल गरेपछि स्पेनले पहिलो हाफमै ४–० को आरामदायी अग्रता बनायो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिकेल गोल गर्दै स्पेनलाई ५–० को प्रभावशाली जित दिलाए ।

छनोटमा स्पेनले १० खेलबाट २६ अंक जोड्यो । जसमा ८ जित र २ बराबरीको नतिजा छ । रोमानिया १४ अंकसहित चौथो स्थानमा रह्यो ।

यही समूहको अर्काे खेलमा स्वीडेनले फरोह आइल्यान्डमाथि ३–० को तथा नर्वेले माल्टामाथि २–१ को जित निकाल्यो । स्वीडेन २१ अंकसहित दोस्रो तथा १७ अंकसहित नर्वे तेस्रो स्थानमा रह्यो ।

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.