default_image

5 years ago

November 19, 2019

इटालीको गोलवर्षा

113 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मेनियामाथि ९–१ को शानदार जित निकालेको छ ।

२०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो । समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ ।

यस्तै इटालीले १९४८ पछि यति ठुलो अन्तरमा जित निकालेको हो । त्यतिबेला इटालीले अमेरिकामाथि ९–० को जित निकालेको थियो ।

पालेर्माेमा सोमबार राति भएको खेलमा इटालीको जितमान सिरो इम्मोबाइल र निकोलो जानिओलोले समान २–२ गोल गरे । निकोलो बारेला, एलेसियो रोमाग्नोली, जर्गिन्हो, रिकार्डाे ओर्सिलिनी र फेडरिको चेइसाले समान १–१ गोल गरे । अर्मेनियाका इडगर बाबायानले सान्त्वना गोल गरे ।

रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक पेनाल्टीसहित पाँच गोल गरेको थियो । गोलको वर्षा भएको खेलमा इटालीले ३३ मिनेट भित्रै ४–० को आरामदायी अग्रता लिएको थियो ।

आठौं मिनेटमा सिरो इम्मोबाइलले गोलको खाता खोलेका थिए । आठौं मिनेटमा शुरु भएको गोलको वर्षा ८१औं मिनेटसम्म चल्यो । ८१औं मिनेटमा फेडरिकोले गोल गर्दै इटालीलाई ९–१ को अद्भुत जित दिलाए । त्यसअघि ७९औं मिनेटमा अर्मेनियाले एक गोल फर्काएका थिए । इटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्‍यो । पराजित अर्मेनिया १० अंकसहित पाँचौ स्थामा रह्यो ।

यो समूहबाट फिनल्यान्डले पहिलोपटक युरोकपमा स्थान बनाउन सफल भएको थियो । फिनल्यान्ड सोमबार राति ग्रीससँग २–१ ले पराजित भएको थियो । यस्तै अर्काे खेलमा बोस्निया एन्ड हर्ज गोभिनाले लेचेस्टाइनमाथि ३–१ को जित निकाल्यो ।

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.