default_image

5 years ago

November 18, 2019

फ्रान्स र टर्कीको सहज जित

94 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा फ्रान्स र टर्कीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले अल्वानियालाई तथा टर्कीले एन्डोरालाई समान २–० को गोल अन्तरमा पराजित गर्दै छनोट अन्त्य गरेको हो ।

समूह ‘एच’ मा शीर्षस्थानमा रहेको फ्रान्सले १० खेलबाट ८ जित १ बराबरी र १ हारको नतिजा निकाल्दै २५ अंक जोडेर समूहमा शीर्षस्थानमा रह्यो । टर्की २३ अंक जोडेर दोस्रो स्थानमा रहेर छनोट अन्त्य ग¥यो । यो समूहबाट फ्रान्स र टर्कीले अर्काे वर्ष हुने युरोकपमा स्थान बनाउन सफल भयो ।

एन्डोरामा आइतबार राति भएको खेलमा फ्रान्सलाई जिताउन कोरेन्टिन टोलिसोले र एन्टोइन ग्रिजमनले गोल गरे । खेलको आठौ मिनेटमा एन्टोइन ग्रिजमनको फ्रिकिकमा टोलिसो हेडमार्फत गोल गरेका थिए । अघिल्लो गोलमा असिस्ट गरेका ग्रिजमनले ३१ औ मिनेटमा गोल गरेपछि फ्रान्स पहिलो हाफमा २–० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै फ्रान्सको जितमा पर्याप्त बन्यो ।

यही समूहको अर्काे खेलमा टर्कीले एन्डोरालाई २–० ले हराएको छ । अर्काे खेलमा आइसल्यान्डले माल्दोभालाई २–१ ले पराजित गरेको छ । सिधै छनोट हुन नसकेको आइसल्यान्डको प्ले अफबाट छनोट हुने सम्भावना छ ।

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.