default_image

5 years ago

November 18, 2019

इंग्ल्यान्डसँग कोसोभो निरिह

71 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा प्रभावशाली जित हात पारेको छ । आइतबार राति भएको खेलमा इंग्ल्यान्डले कोसोभोमाथि ४–० को प्रभावशाली जित निकालेको हो । 


इंग्ल्यान्डको जितमा ह्यारी विङ्स, ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । खेलको ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता बनाएको थियो । उनले एलेक्स अक्सलेड नेम्वरलेनको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । समय सकिन ११ मिनेट बाँकी रहँदा इंग्ल्यान्डले तीन गोल गर्दै फराकिो जित निकाल्न सफल भयो ।

७९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे । ८३औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो । इन्ज्युर समयको थप गरिएको पहिलो मिनेटमा मासन माउन्टले इंग्ल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इंग्ल्यान्ड खेलमा ४–० को प्रभावशाली जित निकाल्न सफल भयो ।

जितसँगैं इंग्ल्यान्डले ८ खेलबाट २१ अंक जोड्दै समूह ‘ए’ मा शीर्षस्थानमा रह्यो । इंग्ल्यान्डले समूहमा एक खेल मात्रै गुमायो । कोसोभो ११ अंकसहित तेस्रो स्थानमा रह्यो । चेक रिपब्लिक १५ अंकसहित दोस्रो स्थानमा रहँदा बुल्गेरिया र मोन्टेनेग्रो चौथो र पाँचौ स्थानमा रह्यो ।

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.