default_image

5 years ago

November 17, 2019

क्रुस चम्कँदा जर्मनीको प्रभावशाली जित

75 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका एट्याकिङ मिडफिल्डर टोनी क्रुस चम्कँदा जर्मनीले युरोकप छनोटमा प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बेलारुसमाथि ४–० को प्रभावशाली जित हात पारेको हो ।

खेलमा लगातार बेलारुसलाई दवावमा राखेपनि जर्मनीले गोलको लागि ४१औं मिनेट कुर्नुपरेको थियो । डिफेन्डर म्याथियस जिन्टरले सर्जी जिनाब्रीको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रत दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेपनि जर्मनीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । ४९औं मिनेटमा लियोन गोरेट्जकाले टोनी क्रुसको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछिको दुवै गोल टोनी क्रुसको नाममा रह्यो ।

५५औं मिनेटमा क्रुसले पहिलो गोल गर्दा जर्मनीले खेलमा ३–० को अग्रता बनायो । ७५औं मिनेटमा बेलारुसले पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । त्यसपछि ८३औं मिनेटमा क्रुसले गोल गर्दै जर्मनीलाई ४–० को प्रभावशाली जित दिलाए । जितसँगै जर्मनीले समूह ‘सी’ मा ७ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड १६ अंकसहित दोस्रो स्थानमा छ । बेलारुस ४ अंकसहित चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा उत्तरी आयरल्यान्ड र नेदरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 4, 2025

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र पथरीबीच हुने

दिपक बोहोरा, पाँचथर यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र पथरी ११ फुटबल क्लब मोरङ प्रतिस्पर्धा हुनेछ । ए […]

March 4, 2025

च्याम्पियन्स लिग- लिभरपुल पिएसजी भिड्दै

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न […]

Success

Thank you for your time.