5 years ago
November 17, 2019
एजेन्सी – कप्तान इडेन हजार्डको दुई गोल सहयोगमा बेल्जियमले युरोकप आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
थोर्गन हजार्ड र रोमेलु लुकाकुले १-१ गोल थपे । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट खेलमा अघि बढेको थियो । उनले इडेन हजार्डको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा इडेन हजार्डले गोल गर्दै अग्रता दोब्बर पारे ।
४०औं मिनेटमा इडेन हजार्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि बेल्जिय पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । इडेनले केभिन डि ब्रुयनको पासमा गोल गरे ।
७२औं मिनेटमा रोमेलु लुकाकुले डि ब्रुयनको पासमा गोल गर्दै बेल्जियमले खेलमा ४–० को अग्रता बनायो । ७९औं मिनेटमा जियोर्जी झिकियाले गोल गर्दै गोल अन्तर कम गरेपनि बेल्जियन ४–१ विजयी रहन सफल भयो ।
जितसँगै अपराजित रहेको बेल्जियमको समूह ‘आइ’ मा ९ खेलबाट २७ अंक रहेको छ । पराजित रसिया समान खेलबाटै २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दुवै टोली युरोकपमा छनोट भइसकेको छ । यही समूहको अर्काे खेलमा स्कटल्यान्डले साइप्रसलाई २–१ ले तथा काजकीतानले सान मारिनोलाई ३–१ ले पराजित गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 4, 2025
दिपक बोहोरा, पाँचथर यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र पथरी ११ फुटबल क्लब मोरङ प्रतिस्पर्धा हुनेछ । ए […]
March 4, 2025
एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न […]