default_image

5 years ago

November 16, 2019

फिनल्यान्ड पहिलोपटक युरोकपलाई छनोट, इटालीको शतप्रतिशत जित

69 views

0 Bookmark

एजेन्सी – फिनल्याण्डले पहिलोपटक युरोकपमा स्थान बनाएको छ । तिमु पुक्कीको उच्च प्रदर्शनमा फिनल्याण्ड कुनैपनि ठुलो प्रतियोगितामा पहिलोपटक छनोट भएको हो ।

इंग्लिस क्लब नर्विच सिटीका फरवार्ड पुक्कीले छनोट प्रतियोगितामा पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे । शुक्रबार राति भएको खेलमा पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरो छनोटमा शुक्रबार राति लिचेस्टाईनलाई ३–० ले पराजित गर्दै युरोकपमा स्थन बनाएको हो ।

तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।

समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्यो । उसले एक खेल बाँकी रहदाँ तेस्रो स्थानको ग्रिससंग ७ अंकको अग्रता लियो ।

यता, दुई खेल बाँकी रहँदै युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले शतप्रतिशत जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘जे’ को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले पराजित गर्दै छनोटमा शतप्रतिशत नतिजा निकालेको हो ।

इटालीले सहज जितमा फ्रान्सिस्को एसरबी, लोरेन्जो इनसिग्ने र एन्ड्रियो बेलोटीले गोल गरे । खेलको २१औ मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ३७औं मिनेटमा लोरिन्जो इनसिग्नीले गोल गर्दै इटालीको अग्रता दोब्बर बनायो ।

एन्ड्री बेलोटीले ५२ औ मिनेटमा गोल गर्दै इटालीलाई ३–० को सहज जित दिलाए । जितसँगै छनोटमा इटालीले ९ खेलबाट २७ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । बोस्निया १० अंक सहित तालिकाको पाँचौ स्थानमा यथावत छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 4, 2025

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र पथरीबीच हुने

दिपक बोहोरा, पाँचथर यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र पथरी ११ फुटबल क्लब मोरङ प्रतिस्पर्धा हुनेछ । ए […]

March 4, 2025

च्याम्पियन्स लिग- लिभरपुल पिएसजी भिड्दै

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न […]

Success

Thank you for your time.