default_image

5 years ago

November 16, 2019

स्पेनको आधादर्जन गोल

79 views

0 Bookmark

एजेन्सी – युरोकप २०२० मा स्थान बनाइसकेको स्पेनले समुह चरणमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दा शुक्रबार राति माल्टामाथि फराकिलो जित निकालेको छ ।

स्पेनमा भएको खेलमा घरेलु टोलीले माल्टामाथि ७–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा ७ खेलाडीले नै गोल गरे । अल्भेरो मोराटा, सान्टी कार्जाेला, पोउ टोरेस, पाब्लो साराविया, ड्यानियल ओल्मो, जेरार्ड मोरेनो र जेसस नाभासले गोल गरे ।

एकपक्षीय खेलमा स्पेनको खेलको २३औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा कार्जाेलाले गोल गर्दै स्पेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

स्पेनको गोल गर्ने क्रम दोस्रो हाफमा रोकिएन । ६२औं मिनेटमा टोरेस र ६३औं मिनेटमा सारावियाले गोल गरेपछि स्पेन खेलमा ४–० ले अघि बढ्यो । ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७१औं मिनेटमा मोरेनोले तथा ८५औं मिनेटमा नाभासले गोल गर्दै स्पेनलाई ७–० को फराकिलो जित दिलाए ।

जितसँगै अपराजित रहेको स्पेनले समूह ‘एफ’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित माल्टा ३ अंकसहित पुछारमा छ ।
यही समूहको अर्काे खेलमा स्वीडेनले रोमानियालाई २–० ले पराजित गर्दै युरोकपमा स्थान बनाएको छ । स्वीडेनको जितमा मार्कुस वर्ग र रविन क्वाइसनले गोल गरे । स्वीडेनको ९ खेलबाट १८ अंक छ । समान खेलबाटै रोमानियाको १४ अंक छ ।

यही समूहको अर्काे खेलमा नर्वेले फारोह आइल्यान्डलाइै ४–० ले पराजित गरेको छ । नर्वेको १४ तथा आइल्यान्डको ३ अंक छ ।

March 4, 2025

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र पथरीबीच हुने

दिपक बोहोरा, पाँचथर यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र पथरी ११ फुटबल क्लब मोरङ प्रतिस्पर्धा हुनेछ । ए […]

March 4, 2025

च्याम्पियन्स लिग- लिभरपुल पिएसजी भिड्दै

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न […]

March 4, 2025

राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा ३० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो। नेपालले चैत ८ गते ( मार्च २१) सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि चैत १२ गते ( मार्च २५) मलेसियासँग छनोट खेल खेल्नेछ। […]

Success

Thank you for your time.