default_image

5 years ago

November 16, 2019

मेस्सीको गोलमा अर्जेन्टिनालाई सुपरक्लासिको उपाधि

120 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ ।

साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ अौं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर मेस्सीको पेनाल्टी प्रहार गोलरक्षक एलीसनले बचाए । मेस्सीले रिबाउन्डमा गोल गरेका थिए ।

अर्जेन्टिनाले अग्रता लिनुभन्दा ३ मिनेट अगाडि ब्राजिलले पनि पेनाल्टी अवसर खेर फालेको थियो । फरवार्ड ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । जेससको प्रहारले गोलरक्षक गलत दिशामा डाइभ दिएपनि पोस्टभन्दा बाहिर गएको थियो ।

ब्राजिलले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि फिनिसिङमा चुक्दा खेलमा फर्कन सकेन । मेस्सी झन्डै चार महिनापछि अर्जेन्टिनी जर्सीमा देखिएका हुन् । कोपा अमेरिकामा रेफ्रीविरुद्ध अभिव्यक्ति दिएपछि उनलाई कन्काकाफले प्रतिबन्ध लगाएको थियो ।

March 4, 2025

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र पथरीबीच हुने

दिपक बोहोरा, पाँचथर यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र पथरी ११ फुटबल क्लब मोरङ प्रतिस्पर्धा हुनेछ । ए […]

March 4, 2025

च्याम्पियन्स लिग- लिभरपुल पिएसजी भिड्दै

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ। आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ। साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले-अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न […]

March 4, 2025

राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा ३० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो। नेपालले चैत ८ गते ( मार्च २१) सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि चैत १२ गते ( मार्च २५) मलेसियासँग छनोट खेल खेल्नेछ। […]

Success

Thank you for your time.