default_image

9 years ago

June 19, 2016

मदन भण्डारी स्मृति प्रथम नगरकप फुटबल शुरु

100 views

0 Bookmark

 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको तत्ववाधन र बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा भएको प्रथम मदन भण्डारी अन्तर नगर कप फुटबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी एवम् मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी,एकेडेमीका अध्यक्ष सभासद विनोद श्रेष्ठ र बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष विकास तामाङले गरे । शनिबारदेखि शुरु प्रतियोगिता आगामी १२ असार सम्म सञ्चालन हुनेछन् । कुल आठ टिमको सहभागीता रहेको प्रतियोगितामा नगरपालिकका दुई टिमले सहभागीता जनाउन पाउन प्रावधान छ । दुई समुहमा विभाजन गरीएको प्रतियोगीताको एक समुहमा चार टिम छन् ।

madan bhandari smriti gold cup

प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद शहित ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्टलाई पनि पुरस्कृत गरीने आयोजकले जनाएको छ । बेस्ट प्लेयर,आई स्कोरर,बेस्ट गोलरक्षक र बेस्ट डिफेन्डर नगद पााच हजार र ट्रफिद्धारा पुरस्कृत गरीनेछ । प्रतियोगिताका लागि बुढानिलकण्ठ नगरपालिको पनि सहयोग रहेको छ । नेपाली खेलकुदको विकासका लागि स्पोट्र्स एकेडेमिले प्रत्येक महिना देशका विभिन्न क्षेत्रमा प्रतियोगिता आयोजना गर्दै आइरहेको जनाए ।

बुढानिलकण्डलाई हराउदै चन्द्रागीरी सेमिफाइनलमा

मदन भण्डारी स्मृति प्रथम नगरकप फुटबल प्रतियोगितामा चन्द्रागीरी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । जननेता मदन भण्डारीको ६४औ जन्म जयन्तीको अवसरमा बुढानिलकण्ठ स्कुलको खेल मैदानमा भएको खेलमा चन्द्रागीरी नगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई ३–० ले हरायो । चन्द्रागीरीको जितमा पले खड्का,राजन श्रेष्ठ र समिर कार्कीले गोल गरे ।

खेलको पहिलो हाफमा गोल रहित बराबरीमा टुंगीएको थियो । तर दोस्रो हाफमा भने चन्द्रागीरीले आक्रमक खेल प्रस्तुत गर्दै गोल गर्न सफल भयो । खेल ५७औ मिनेटमा पले खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ७७औा मिनेटमा चन्द्रागीरीले अर्को गोल थप्यो । उसका लागि राजन श्रेष्ठले गोल गर्दै चन्द्रागीरीको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटमै चन्द्रागीरीले तेस्रो गोल गर्‍यो । समिर कार्कीले गोल गरेपछि चन्द्रागीरी खेलमा ३–० ले अगाडी रह्यो । उक्त गोलसागै चन्द्रागीरीले जित लगभग सुनिश्चत गरेको थियो । त्यसपछिको बाकी समयमा थप गोल हुन नसकेपछि चन्द्रागीरी अन्तीम चारमा पुग्न सफल भयो ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.