5 years ago
November 15, 2019
एजेन्सी – ओलिभर जिरुडको अन्तिम समयमा गोल गरेपछि फ्रान्सले मल्दोभामाथि संघर्षपुर्ण जित हात पारेको छ । बिहीबार राति भएको खेलमा फ्रान्सले मल्दोभामाथि २–१ को संघर्षपुर्ण जित हात पारेको हो ।
पेरिसमा भएको खेलको नवौं मिनेटमा भादिम राताको गोलमा घरेलु टोली पछि परेको थियो । ३५औं मिनेटमा राफयल भरानेले बराबरी गोल फर्काए ।
खेल सकिन ११ मिनेट बाँकी रहँदा ओलिभर जिरुडले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए । जितसँगै फ्रान्स समूह ‘एच’ मा ९ खेलबाट २२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । माल्दोभा ३ अंकसहित पुछारमा छ ।
यही समूहको अर्काे खेलमा अल्वानिया र एन्डोराले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अल्वानियाको १३ तथा एन्डोराको ४ अंक छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]