5 years ago
November 15, 2019
एजेन्सी – मोन्टेनेग्रोमाथि सहज जित हात पार्दै इंग्ल्यान्ड २०२० को युरोकपको लागि छनोट भएको छ । कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले मोन्टनेग्रोमाथि ७–० को प्रभावशाली जित निकाल्दै एक खेल बाँकी छदै युरोकपलाई स्थान बनाएको हो ।
वेम्वली स्टेडियममा इंग्ल्यान्डको फराकिलो जितमा एलेक्स अक्सलेड चेम्वरलेन, मार्कुस रासफोर्ड र टम्मी अब्राहमले गोल गरे । एक गोल उपहार पाएको थियो ।
इंग्ल्यान्डले खेलको ११औं मिनेटमा चेम्वरलेनको गोलबाट अग्रता बनाएको थियो । त्यसपछि कप्तान केनले १८ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा ५–० को आरामदायी अग्रता लिएको थियो । केनले १९, २४ र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ३०औं मिनेटमा रासफोर्डल गोल गरे ।
६६औं मिनेटमा एलेक्ससान्दर सो फ्रान्सले आत्मघाती गोल गरेपछि इंग्ल्यान्डले खदेलमा ७–० को अग्रता बनायो । ८४औं मिनेटमा टम्मी अब्राहमले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै इंग्ल्यान्डलाई ७–० को प्रभावशाली जित दिलाए ।
जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा ७ खेलबाट १८ अंक छ । पराजित मोन्टेनग्रोको ३ अंक छ । चेक रिपब्लिक १५ अंकसहित दोस्रो तथा कोसोभो ११ अंकसहित तेस्रो स्थानमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]