5 years ago
November 15, 2019
एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक प्रहार गरेपछि युरो कप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा पोर्चुगलले लिथुआनियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ ।
रोनाल्डोले खेलको सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । लिथुआनियाका सौलिउस मिकोलिउनासले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीलाई सिधै बीचमा प्रहार गर्दा गोलरक्षक अर्नेस्तास सेत्कुसको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको २३ औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे । लिथुआनियाले मिडफिल्डमा बल गुमाएपछि मिडफिल्डर प्यासीएन्सियाले रोनाल्डोलाई पास दिए । रोनाल्डोले झन्डै २५ मिटर टाढाबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक सेत्कुसले बचाउने भेउ नै पाएनन् । लगत्तै रोनाल्डोको प्रहार सेत्कुसले बचाए भने उनको अर्को प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो ।
दोस्रो हाफको सुरुवाती ११ मिनेटमा पोर्चुगलले तीन गोल थप्यो । पिज्जी, प्यासीएन्सिया र बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जिततर्फ उन्मुख गराए । रोनाल्डोले खेलको ६५ औं मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे । उनले सिल्भाको पासलाई गोलमा परिणत गर्दै करीअरको ५५ औं ह्याट्रिक प्रहार गरेका हुन् ।
रोनाल्डोले यस ह्याट्रिकसँगै पोर्चुगलका लागि अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्याएका छन् । अब उनी आफ्नो राष्ट्रका लागि १ सय गोल गर्ने दोस्रो खेलाडी हुने उपलब्धि नजिक छन् । यसअघि इरानका अली दाइले मात्र यो उपलब्धि हासिल गरेका थिए । रोनाल्डोले पोर्चुगलका लागि मात्र ९ पटक ह्याट्रिक प्रहार गरेका छन् ।
क्लब फुटबलमा युभेन्ट्सका लागि लगातार दुई खेल परिवर्तन भएका रोनाल्डोमा बिहीबारको खेलमा भने कुनै किसिमको समस्या देखिएन । यसअघि क्लबका प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोको घुँडामा समस्या रहेको भनेपनि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले पनि रोनाल्डोमाथि कहिल्यै कुनै शंका नरहेको र उनीमाथि पुर्ण विश्वास रहेको अभिव्यक्ति दिए ।
यस जितसँगै पोर्चुगल ७ खेलमा १४ अंक बोकेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको युक्रेन १९ अंकसहित युरोको लागि छनोट भइसकेको छ । पोर्चुगलले आइतबार हुने खेलमा लक्जेमबर्गलाई पराजित गरे छनोट पक्का गर्नेछ । सर्बियाको १३ अंक छ भने लक्जेमबर्गको ४ र लिथुआनियाको १ अंक मात्र छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]