5 years ago
November 20, 2019
एजेन्सी– लुइस स्वारेजको ठाँउमा अर्को खेलाडीका विषयमा बार्सिलोनाले अघि कुनै विकल्प सोचिसकेको छैन । तर, स्वारेजकै भनाई भने अलि फरक छ । यदि क्लबले अर्को कोहि खेलाडीलाई ल्याउँछ भने पनि त्यसमा आफुलाई आपत्ती नहुने उनले बताएका छन् । उरुग्वेली स्टार ३२ वर्षका भइसकेका छन् । फुटबलमा यो उमेर एकदम युवा अवस्था होइन ।
‘यस्तो समय आउँछ । त्यो उमेरमा मैले चाहेर पनि बार्सिलोनामा आवश्यक पर्ने जस्तो स्तरको प्रदर्शन दिन सक्दिन’, स्वारजेले भने, ‘तर जति बेला सम्म मसँग सामाथ्र्य हुन्छ त्यति बेला नै क्लबले प्रतिस्पर्धा बढाउन सके झनै राम्रो । यदि क्लबले नयाँ फरवार्डका बारेमा सोचेको छ भने त्यसमा मैले आपत्ती मान्नु पर्ने केहि छैन ।’
उनले व्यवासायिक फुटबलमा नयाँ खेलाडी आउने विषयलाई समान्य रुपमा लिएका छन् । ‘फुटबलको वास्ताविकता नै यहि हो । मेरो लागि पनि यो राम्रो हो । समयले हरेकको विकल्प खोज्छ,’ लिभरपुलका पूर्व स्टारले भने, ‘जति प्रतिस्पर्धा भयो , क्लबका लागि पनि त्यत्तिकै राम्रो हो । ‘
स्वारेजले पछिल्लो पाँच वर्ष क्याप नोउमा गरेको अनुभवका बारेमा भनेका छन्, ‘यहाँ पाँच वर्ष उस्तै खाले दबाब रह्यो । मैले ती सबै चुनौतिलाई स्विकार गरे । यो जस्तो क्लबमा सधै आफ्नो स्थान सुरक्षित गर्नु सहज छैन । यहाँ हरेक तीन दिनमा परिक्षा दिनुपर्ने हुन्छ । त्यहाँ आराम छैन र खराब दिनका लागि माफी दिइन्न ।’
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]