default_image

8 years ago

June 19, 2016

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा रोकियो पोर्चुगल

84 views

0 Bookmark

नेपाली समय अनुसार आज बिहानै १२:३०मा भएको पोर्चुगल र अष्ट्रीयाको खेल ०-०को बराबरीमा सकिएको छ । हिजो भएको यही समुहको अर्को खेल पनि बराबरीमा टुङिएको थियो ।

PARIS, FRANCE - JUNE 18: Cristiano Ronaldo of Portugal looks on during the UEFA EURO 2016 Group F match between Portugal and Austria at Parc des Princes on June 18, 2016 in Paris, France. (Photo by Matthias Hangst/Getty Images)

पोर्चुगल र अष्ट्रीया दुबैले आफ्नो पहिलो खेलमा सोच अनुरुप नतिजा निकाल्न सकेको थिएन । पोर्चुगलले आईसल्यान्डसङ ड्र र अष्ट्रीयाले हंगेरीसँग हार सामना गरेको थियो । अहिले यो समुहमा हंगेरी ४ अंक सहित पहिलोमा, आईसल्यान्ड २ अंक सहित दोस्रो, पोर्चुगल २ अंक सहित तेस्रो र अष्ट्रीया एक अंक सहित अन्तिम स्थानमा छ ।  अब हुने अन्तिम खेलमा स्पष्ट जित निकलेमा सबै टोलिको अर्को राउन्डमा पुग्ने सम्भावना यथवत रहेको छ ।

जितको लक्ष्य लिएर मैदान उत्रीएको पोर्चुगलले सुरुवाती मिनटबाटनै आक्रमण सुरु गरेको थियो । खेलभरीमा १८ गोल गर्ने प्रयास गरेको पोर्चुगलले सदुपायोग भने कुनै पनि गर्न सकेन । प्रतियोगितामा आलोचित भैरहेक कप्तान रोनाल्डोले ७९औं मिनटमा पेनाल्टी पाउंदापनी गोल गर्न सकेन ।

अब हुने अन्तिम खेलमा पोर्चुगलले हंगेरीको सामना गर्ने छ ।

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

Success

Thank you for your time.