5 years ago
November 14, 2019
एजेन्सी – स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोविचले सिजनको अन्त्यसँगै अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सी छाड्ने घोषणा गरेका छन् । ३८ वर्षै स्विडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार बुधबार सिजनको अन्त्यसँगै ग्यालेक्सी छाड्ने घोषणा गरेका हुन् ।
२०१८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबमट ग्यालेक्सी आएका ज्लाटनको सम्झौता यसै सिजनसम्म रहेको छ । युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी र म्यानचेस्टर युनाइटेडका पुर्व फरवार्ड समेत रहेका इभ्राहिमोभिचले ग्यालेक्सीमा दुई सिजनमा ५८ खेलमा ५३ गोल गर्दै आफ्नो छाप बनाएका छन् ।
‘म आएँ, मैले देखे, मैले जितेको थिए । धन्यवाद एलए ग्यालेक्सी । फेरिपनि मलाई जीवित महसुस गराएको छ । तपाई ज्लाटन चाहानुहुन्छ, मैले तिमीलाई ज्लाटन दिए । तपाईलाई स्वागत छ । कथा जारी छ…… अब बेसबल हेर्न फिर्ता जानुहोस् ।’ ज्लाटनले ग्यालेक्सी छाड्ने घोषणा गर्दै सामाजिक सञ्जाल ट्वीटमा प्रशंसहकसँग बिदा माग्दै ट्वीट गरेका छन् ।
ग्यालेक्सीका अध्यक्ष क्रिस क्लेनले ज्लाटको व्यवसायिकताका लागि धन्यवाद दिदै लस एन्जल्स समुदाय र उत्तरी अमेरिकाको फुटबलमा पारेको प्रभावलाई लिएर आभार प्रकट गरे ।
इब्राहिमोभिचको इटाली फर्कने सम्भावना छ । उनी एसी मिलानमा आबद्ध हुने चर्चा छ । तर, उनलाई अर्को इटालियन क्लब बोलोग्नाले पनि अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]