5 years ago
November 14, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलका फ्रान्सेली पूर्व प्रशिक्षक आर्सेन वेंगर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका छन् । फिफाले बुधबार वेंगरलाई ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख नियुक्त गरेको हो ।
पछिल्लो समय जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्ने हल्ला चलिरहँदा वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका हुन् । फिफामा नियुक्त भएपछि वेंगर अन्तर्राष्ट्रिय फुटबल एसोसियन बोर्ड तथा फिफा टेक्निकल स्टडी समुहको सदस्यमा पनि रहनेछन ।
फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएसँगै ७० वर्षीय वेंगरले यो चुनौतीलाई अघि बढाउन उत्सुक रहेको बताउदै फिफाको यस उद्देश्यमा योगदान दिन सम्पूर्ण शक्ति खर्चने बताएका छन् । अब वेंगरले विश्वभरको महिला र पुरुष फुटबलको कोचिङ, ट्रेनिङ र फुटबल कोचिङ, शिक्षा र प्राविधिक पक्षलाई नियाल्नेछन् । वेंगरलाई फिफाको हेडक्वार्टर जुरिचमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्वागत गरेका थिए ।
२२ वर्ष आर्सनलको मुख्य प्रशिक्षक रहेका वेंगरले सन् २०१७१८ को सिजन सकिएपछि क्लब छाडेका थिए । उनले त्यहाँ आर्सनललाई तीन वटा प्रिमियर लिग सात एफ ए कपको उपाधि क्लवलाई दिलाएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो। नेपालले मार्च २१ मा सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि मार्च २५ मा मलेसियासँग छनोट खेल खेल्नेछ। मलेसियासँगको खेल नेपालमा नै हुनुपर्ने भए […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]