5 years ago
November 14, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पोर्चुुगिज मिडफिल्डर बनार्डो सिल्भालाई एक खेलको प्रतिबन्ध लागेको छ । इंग्लिस फुटबल एसोसिएसन (इएफए) ले आफ्नै टिमका सहकर्मीविरुद्ध सामाजिक संजालमा रंगभेदीय पोस्ट गरेको भन्दै सिल्भालाई एक खेलको प्रतिबन्ध लगाएको हो ।
यस्तै उनलाई ५० हजार पाउण्ड समेत जरिवाना गरिएको इएफएले जनाएको छ । यससँगै सिल्भाले प्रिमियर लिगमा २३ नोभेम्वरमा चेल्सीविरुद्ध हुने खेल गुमाउने भएको छ । पोर्चुगिज मिडफिल्डर सिल्भाले गत सेप्टेम्वर २२ मा आफ्नै टिममा सहकर्मी बेन्जामिन मेन्डीलाई स्पेन र पोर्चुगलमा लोकप्रिय चकलेट ब्राण्ड कोङगिटोससँग तुलना गर्दै रंगभेदीय ट्वीट गरेका थिए ।
सिल्भाको पोस्टपछि फुटबल एसोसियसनले छानबिन गरेको थियो । छानबिनको क्रममा उनले जातीय र रंगभेदीय नियम तोडेको र दोषी पाइएको भन्दै कारवही गरेको इएफएको विज्ञप्तिमा उल्लेख छ ।
सिल्भाको प्रतिबन्ध सँगै सिटी थप समस्यामा परेको छ । चोटका कारण एमरिक लापोर्टे, लिरोए साने र डेभिड सिल्भा टोलीमा छैनन् । चोटकै कारण जिनचेन्को र पहिलो रोजाईका गोलरक्षक इडर्सनले लिभरपुलसँगको ३–१ को हारमा टोलीमा थिएनन् ।
साविक विजेता सिटी लिभरपुलसँग ९ अंकले पछि परेको छ । १२ खेलबाट सिटी २५ अंकसहित चौथो स्थानमा छ । ३४ अंक जोडेर लिभरपुल शीर्षस्थानमा छ । समान २५ अंक रहेको लेस्टर सिटी र चेल्सी क्रमश दोस्रो र तेस्रो स्थानमा छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो। नेपालले मार्च २१ मा सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि मार्च २५ मा मलेसियासँग छनोट खेल खेल्नेछ। मलेसियासँगको खेल नेपालमा नै हुनुपर्ने भए […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]