5 years ago
November 21, 2019
एजेन्सी – दुई वर्षअघि सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै स्पेनिस महारथी रियाल म्याड्रिडले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । रियालका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना मनपर्ने बेल्जियन इडेन हजार्डलाई यो सिजन क्लबमा अनुबन्ध गरेपनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
यो सिजनको शुरुवाती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान उनीहरुको प्रदर्शनबाट सन्तुष्ट छैनन् । यसबीचमा रियालले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई आउदो सिजन जसरी पनि अनुबन्ध गर्ने तयार रहेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
रियालले २० वर्षे एमबाप्पे अनुबन्ध गर्न ३४३ मिलियन पाउन्ड (४०० मिलियन युरो) खर्चन तयार रहेको विभिन्न सञ्चार माध्यममा उल्लेख छ । यदि यो सम्भव भए एमबाप्पे विश्वकै सबैभन्दा महँगा खेलाडी हुनेछन् । २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई १९८ मिलियन पाउन्ड (२२२ मिलियन युरो) मा अनुबन्ध गरेको थियो । जुन हालसम्म विश्व कीर्तिमानी मुल्य हो ।
पछिल्लो समय उनी रियालमा अनुबन्ध हुने चर्चामा छ । एमबाप्पेले मोनाकोबाट लोनमा पीएसजी जानुअघि रियालमा आउने चासो देखाएका थिए । समर सिजनमा एमबाप्पे नै रियालको मुख्य लक्ष्य हुनेछ । रियालले यसै विन्टरमा ग्यारेथ बेलसहित रियालमा गोल गर्न संघर्षरत केही खेलाडीलाई बिदा गर्ने मनस्थिति बनाएको छ । यो सिजन एमबाप्पे पीएसजीमै रहने भएपछि रियालले इंग्लिस क्लब चेल्सीबाट हजार्ड र जर्मन क्लब फ्रान्कफर्टबाट लुका जोभिकलाई अनुबन्ध गरेका थिए ।
अघिल्लो सिजन रियालमा राम्रो प्रदर्शन गरेका ब्राजिली भिनिसियस जुनियरले यो सिजन संघर्ष गरिरहेको छ । भिनिसियसले यो सिजन चार खेलमा पहिलो रोजाईमा खेलेका छन् । ५ खेलमा वैकल्पिक खेलाडीको रुपमा खेलेका छन् । भिनिसियसलाई पीएसजीले पनि अनुबन्ध गर्न चाहिरहेको छ । एमबाप्पे ल्याउन रियालले भिनिसियसलाई पीएसजी पठाउन सक्नेछ । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाे र रियालबीच खेलाडी आदान प्रदानमा छलफल भएको बुझिएको छ ।
केही साताअघि मात्रै जिदान र लियोनार्दाेबीचको छलफलमा जिदानले एमबाप्पेलाई सेतो सर्टमा उतार्ने लक्ष्य रहेको बताएका छन् । लियोनार्दाेले यसमा असमर्थता जनाएपनि जिदानले एमबाप्पको अबको गन्तव्य रियाल नै रहेको बताएका छन् । एमबाप्पले फ्रेन्च लिगवानमा १०४ खेल खेल्दै ६७ गोल र ३१ असिस्ट गरेका छन् ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]