default_image

5 years ago

November 13, 2019

‘एल क्लासिको’ को मिति तय

150 views

0 Bookmark

एजेन्सी– ला लिगामा बार्सिलोना र रियल म्याड्रिडको खेललाई सबैभन्दा बढी चासको साथ हेरिन्छ । एल क्लासिकोको नामा चिनिने यी दुई टोलीबीचको खेलले समर्थकहरुलाई सधै उत्साहित नै बनाउँछ ।

यो सिजन यी दुई टोलीबीच यसअघि नै भेट्नु पर्ने मिति तय थियो । तर काटालोनियाको समस्याका कारण खेल स्थगित गरिएको थियो । ला लिगामा अहिले एल क्लासिकोको नयाँ मिति तय गरेको छ । डिसेम्बर १८ को साँझ ८ बजे एल क्लासिको हुनेछ । यसअघि अक्टुबर २६ मा बार्सिलोनाको मैदान क्याम नोउमा यो खेल हुनु पर्ने थियो ।

क्लासिकोको मिति तय भएसँगै सोहि मिति (डिसेम्बर १८ ) मा हुने कोपा डेल रे र क्लब विश्व कपका खेल शंकामा घेरामा परेका छन् । टिभिका कारण अन्य खेल शंकामा परेको हो । तर, ती सबै विवादको अन्य गर्दैै ला लिगाले एल क्लासिकोको मिति तय गरेको हो । उपाधिका दावेदार समेत रहेका यी दुई टोलीको खेल विश्व फुटबलमा नै निकै महत्त्वका साथ हेरिंदै आएको छ । विगतझैं यसपटक पनि दुइ क्लबबीच अंक तालिकामा निकै प्रतिस्पर्धा देखिएको छ ।

March 4, 2025

राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा ३० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो। नेपालले चैत ८ गते ( मार्च २१) सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ। त्यसपछि चैत १२ गते ( मार्च २५) मलेसियासँग छनोट खेल खेल्नेछ। […]

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

Success

Thank you for your time.