9 years ago
June 18, 2016
शनिबार भएको पहिलो खेलमा आएरल्याण्डलाई ३-०ले पराजित गर्दै बेल्जियमले जारि युरो २०१६मा पहिलो जित दर्ता गरेको छ|
पहिलो खेलमा इटालीविरुद्ध २-०को हार व्यहोरेको बेल्जियमका लागि रोमेलु लुकाकुले दुइ गोल गरे भने एक्सेल विट्सेलले एक गोल गरेका थिए| पहिलो हाफमा धेरै मौका पाउँदा पनि राम्रो उपयोग गर्न नसकेर निराश बनेको बेल्जियमले दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो|
४८औं मिनेटमा रोमेलु लुकाकुले उत्कृष्ट फिनिशिंगको नमुना देखाऊँदै गोल गरेपछि अघि बढेको बेल्जियमका लागि एक्सेल विट्सेलले ६१औं मिनेटमा हेडिंग मार्फत दोश्रो गोल गरेका थिए| एडेन हजार्डले मिडफिल्डदेखि बक्ससम्म ल्याएको बल निकै राम्रो पास दिएपछि ७०औं मिनेटमा लुकाकुले व्यक्तिगत दोश्रो गोल थपेका थिए|
जितसंगै बेल्जियम तिन अंक बोकेर समुहको दोश्रो स्थानमा उक्लिएको छ, उसले स्विडेनसंग समुहको अन्तिम खेल खेल्नेछ|
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]