5 years ago
November 13, 2019
एजेन्सी – नयाँ संरचनाको आधारमा हुन लागेको स्पेनिस सुपरकपको शुरुवाती तीन संस्करण साउदी अरबमा आयोजना हुने भएको छ । स्पेनिस फुटबल फेडेरसनले साउदीलाई तीन वर्ष प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गरेको थियो ।
जसअनुसार नयाँ संरचानको पहिलो संस्करण जनवरी ८ देखि १२ सम्म हुनेछ । यसका लागि साउदीले स्पेनिस फुटबल फेडेरेसनलाई १२० मिलियन पाउन्ड प्रदान गर्नेछ । साउदीले अघिल्लो सिजन इटालियन सुपर कप पनि आयोजना गरेको थियो । साउदीलाई सुपरकप अयोजना दिने निर्णयको सरकारी अधिकारी र ला लिगाले आलोचना गरेका छन् ।
स्पेन खेलकुदका जुनियर मन्त्री मारिया जोसेले महिला अधिकारको सम्मान नहुने देशमा आयोजना हुन लागेको सुपरकपलाई सरकारको सहयोग नहुने बताएका छन् । दि रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) अध्यक्ष लुइस एविएल्सले साउदीमा हुने स्पेनिस सुपरकप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताएका छन् ।
आउदो जनवरी ८ देखि १२ सम्म साउदीको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा हुने स्पेनिस सुपरकपमा चार टोलीको सहभागिता रहने छ । नयाँ संस्करणको पहिलो सुपरकपमा क्याटलान क्लब बार्सिलोना, रियाल म्याड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सियाले प्रतिस्पर्धा गर्नेछन् ।
अघिल्लो सिजनको ला लिगाका शीर्ष दुई टिम र कोपा डेल रेका विजेता र उपविजेता दुई टिमले प्रतियोगिता खेल्नेछन् । यस्तै लिगको तेस्रो र चौथो क्लब समेत प्रतियोगितामा छनोट हुन सक्नेछन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल जनवरी ८ मा बार्सिलोनाले एट्लेटिको मड्रिडबीच हुनेछ । जनवरी ९ मा हुने दोस्रो सेमिफाइनलमा रियल र भ्यालेन्सिया भिड्ने छन् । प्रतियोगिताके फाइलनमा जनवरी १२ मा हुने छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]