default_image

5 years ago

November 13, 2019

सलाहले दुई खेल गुमाउने

63 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका फरवार्ड मोहमद सलाहले अफ्रिका कप अफ नेसन्स अन्तरगतको छनोट खेल गुमाउने भएका छन् । २७ वर्षीय स्टार सलाहले चोटका कारण छनोटका दुई खेल गुमाउने भएको हो ।

 

उनले केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने छन् । सलाहले प्रिमियर लिग अन्तरगत गत आइतबार राति भएको म्यानचेष्टर सिटीविरुद्व ३–१ को जित निकालेको खेलमा अन्तिम समयमा पुरानो समस्या बल्झिएपछि मैदानबाट बाहिरिएका थिए ।

बायाँ खुट्टाको एंकलमा समस्या भएपछि उनी ८७औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । सलाहले लेस्टर सिटीविरुद्धको खेलमा चोट बोकेका थिए । त्यसयता सलाह फिट हुने संघर्षमा छ । चोटका बाबजुत पनि उनले लिभरपुलका लागि खेलिरहेका छन् ।

उनको मंगलबार कायरोमा परिक्षण गरिदा चोट ठिक हुन समय लाग्ने अस्पतालले जानकारी गराएको इजिप्ट फुटबल एसोसिएसनले विज्ञप्तिमा उल्लेख गरेको छ । उनी मंगलबार इजिप्टको प्रशिक्षणमा सामेल भएपनि टिमसँगै प्रशिक्षण गरेनन् ।

इजिप्टले बुधबार घरेलु मैदानमा केन्यासँग खेल्दैछ । त्यसपछि १८ नोभेम्वरमा कोमोरससँग खेल्दैछ । छनोटमा इजिप्ट समूह ‘जी’ मा रहेको छ । यो समूहमा इजिप्टसँगै केन्या, कोमोरस र टोगो रहेको छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.