default_image

5 years ago

November 13, 2019

रोनाल्डोसँग सुलहको प्रयासमा युभेन्ट्स

141 views

0 Bookmark

एजेन्सी – एसी मिलानविरुद्ध आइतबारको खेलमा क्रिस्टियानो रोनाल्डोले पुरा समय खेल्न पाएनन् । तर, परिवर्तन हुने क्रममा उनको व्यवहार राम्रो हुन सकेन । यहाँ सम्मकी उनी परिवर्तन भएपछि बेन्चमा बसेनन् । रोनान्डो ५५ औं मिनेटमा परिवर्तन भएका थिए ।

परिवर्तनपछि पोर्चुगिज सुपर स्टार खुसी देखिएनन् र सिधै टनलतर्फ गए । खेल सकिनु अघि नै उनी घर तिर लागेका थिए । युभेन्ट्स भने यो परिस्थितिलाई सहज बनाउने कोशिसमा जुटेको छ । उनलाई जरिवाना गराउने भन्दा पनि छलफल गरेर विवाद अन्त्य गर्न क्लबले पहल थाल्ने बताइएको छ ।

क्लबका निर्देशक पाभेल नेडभेड र फाबियो पाराटिकीले अनौपचारिक छलफल पनि सुरु गरिसकेका छन् । उनीहरुले रोनाल्डोलाई माफीका लागि राजी गराउने प्रयास गरेका छन् । उनको माफीले क्लबको वातावरण सहज हुने उनीहरुको अनुमान छ । आइतबार राती नै नेडभेडले रोनाल्डोका एजेन्ट जर्ज मेन्डेससँग छलफल अघि बढाएका थिए ।

युभेन्ट्स टोलीले पनि रोनाल्डोबाट माफी माग्ने अपेक्षा गरेको छ । रोनाल्डोका ठाँउमा पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । खेल सकिन १३ मिनेट बाँकी रहँदा डिबालाले गरेको गोलमै युभेन्ट्सले जित निकालेको थियो ।

यो पनि:

रोनाल्डो दुई वर्ष प्रतिबन्धको खतरामा

‘रोनाल्डो अहिले उत्कृष्ट लयमा छैनन्’

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.