5 years ago
November 12, 2019
एजेन्सी – पोर्चुगिज तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने जोखिम बढेको छ ।
इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार मिलानविरुद्ध खेल चल्दै गर्दा रोनाल्डो मैदानबाट बाहिरिएको स्काई इटालीले जनाएको छ । खेल नसकिदै स्टेडियमबाट बाहिरिएसँगै उनलाई एन्टी डोपिङ नियमका आधारमा कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने इटालीका पुर्व इटालियन फरवार्ड एन्टोनियो कसानोले बताएका छन् ।
प्रशिक्षक मौरिजीयो सार्रीले एसी मिलानविरुद्ध १–० को जित निकालेको खेलमा रोनाल्डोलाई खेलको ५५औं मिनेटमा परिवर्तन गरेपछि रुष्ट बन्दै बेञ्चमा नगई ड्रेसिङ रुममा छिरेका थिए । त्यसपछि खेलको ३ मिनेट समय बाँकी रहँदा उनी स्टेडियमबाट बाहिरिएका थिए । उनकै स्थानमा आएका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसको जितमा निर्णायक गोल गरेका थिए ।
‘उनी खेल सकिन ३ मिनेट बाँकी रहँदै स्टेडियमबाट बाहिरिएका छन् । यो एन्टी डोपिङको नियम भित्र पर्दैन । उनी तुरुन्त फर्कनुपर्ने थियो । उनले नियम उल्लंघन गरेका छन् । मैले पनि विगतमा यस्तै प्रतिबन्धबाट बचेको छु । लाजियोविरुद्ध खेलेपछि मैले रंगशाला छोडेको थिएँ । तर प्रतिबन्ध हुने थाहा पाएपछि तुरुन्तै म रंगशाला फर्किएँ, ’ कासानोले भने ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]