default_image

5 years ago

November 12, 2019

ब्राजिल सेमिफाइनलमा, स्पेनको पोस्टमा फ्रान्सको आधा दर्जन गोल

106 views

0 Bookmark

एजेन्सी – घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।

स्टेडियो ओलम्पिको गोइउनियामा भएको खेलमा घरेलु टोलीलाई अन्तिम चारमा पुर्‍याउन प्याट्रिक र पेग्लोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको छैटौ मिनेटमा नै प्याट्रिकले गोल गर्दै ब्राजिललाई अघि बढाए । ४०औं मिनेटमा पेग्लोले गोल गर्दै ब्राजिलाई २–० को जित दिलाए ।

यस्तै अर्काे खेलमा फ्रान्सले स्पेनको यु–१७ टोलीमाथि ६–१ को फराकिलो जित निकालेको छ । फ्रान्सले एक गोलले पछि परेको स्थितिमा पूनरागमन जित निकालेको हो । गोलको वर्षा भएको खेलमा फ्रान्सका नियानजोउ कोउयसी, नाथानेल एमबुकु, इसाक लिहान्ड जि, टिमोथी पेम्वेले, जर्जिन्हो रुटर र एदिल ओउचिचेले गोल गरे । स्पेनका जर्मन भलेराले गरेको गोल सान्त्वना बन्यो ।

अब सेमिफाइनलमा ब्राजिल र फ्रान्स तथा मेक्सिको र नेदरल्यान्डबीच खेल हुनेछ । सेमिफाइनल १४ नोभेम्वरमा तथा फाइनल १७ नोभेम्वरमा हुनेछ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.